हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिन्छौँ : कमल थापा

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको बताए ।

उनले सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । 

फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको उनको दाबी छ । 

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो । नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यहरूलाई थापाले माला र खादा लगाएर सम्मान गरेका थिए । 

सुझावित समाचार