गायिका प्रीति कौरको नयाँ गीत ‘केको सान’ गीतको भिडियो रिलिज गरिएको छ। आइतबार उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रीति कौरले आफ्नो पुरानो गीत ‘धेरैपल्ट जीवनमा’ गीत गाएर उक्त कार्यक्रमको सुरुवात गरेकी थिइन्। गायिका प्रीतिको शब्द र संगीत रहेको उक्त गीतमा उनी स्वयंले अभिनय गरेकी छिन्।
‘केको सान’ को तयारीको लागि करिब पाँच वर्ष लगाएको गायिका प्रीतिले बताइन्। प्रीति कौरको के को सान पछिल्लो गीत हो। करिब १२ वर्षपछिको अन्तरालपछि पुनः संगीतमा रमाउन पाउनु खुसीको पल रहेको उनले आफ्ना प्रशंसकमाझ अनुभव सुनाइन्।
मिडिया पोर्टको प्रडक्सनमा तयार पारिएको उक्त भिडियो अभिषेक सुवेदीले निर्देशन गरेका छन्। उक्त भिडियोमा शिशिर सिवाकोटीको अभिनय रहेको छ। कार्यकारी निर्माता पवन टक्की कार्की, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन रहेको छ।
लामो समयपछि दर्शक, श्रोतामाझ फर्कँदा निकै उत्साहित रहेको उनले बताइन्। ‘के को सानलाई यहाँहरूले माया गरिदिनुहुन्छ र साथ दिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु,’ उनले भनिन्। दर्शकको हौसलाले पनि गीत, संगीतबाट टाढा रहन नसकेको उनले बताइन्।