एमसिसीको विरोधमा आज पनि प्रदर्शन (फोटोफिचर)

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आज बिहीबार पनि प्रदर्शन भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीका फोहोरा हानेको छ।

सत्तागठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट भ्रातृ संगठनहरूले एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएका छन्। बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थाका लागि आज करिब दुई हजार चार सय प्रहरी परिचालन गरिएको छ। आजका लागि तय भएको संसद् बैठक स्थगित भए पनि प्रदर्शन भने जारी नै छ।

तस्बिरहरू :

सुझावित समाचार