पोखरामा असिनासहितको वर्षा

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

पोखरा र आसपासका क्षेत्रमा असिनासहितको वर्षा भएको छ। पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, सभागृह, मालेपाटन, गैह्रापाटनलगायत क्षेत्रका सडकमा झन्डै चार इन्चसम्म असिनाको खात परेको छ। दिउँसो साढे एक बजेदेखि करिब ४५ मिनेटसम्म पोखरामा लगातार असिनासहितको वर्षा भएको हो। 

असिनाले हिउँदे बालीमा पनि क्षति पुर्याएको छ। पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बेमौसमी तरकारी खेतीमा यसले ठूलो क्षति पुर्याएको जानकारी दिए। ‘पोखराको हेम्जा र मालेपाटनलगायत तरकारी खेती हुने विभिन्न क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ। फिल्डमा पुगेर नहेरी यति नै क्षति भयो भन्न भने सकिन्न,’ कडरियाले भने।

सुझावित समाचार