एमसिसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। उनीहरूले नारा जुलुससहित टायर बालेर प्रदर्शन गरिरहेका छन्।

‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, नो एमसिसीजस्ता ब्यानर र प्लेकार्डसहित नारा लगाएका छन्। सत्तारुढ गठबन्धनमै एमसिसीबारे सहमति बन्न सकेको छैन। एमसिसीका विषयमा सहमति जुटाउन आज बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियाे।

सुझावित समाचार