बालकोटमा सकियो देउवा-ओली भेट

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण
बालकोटमा सकियो देउवा-ओली भेट

भेटपछि ओली निवासबाट बाहिरिँदै प्रधानमन्त्री देउवा। तस्बिर : अमुल थापा

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार राति ओलीनिवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा देउवा र ओलीबीच करिब डेढ घन्टा छलफल चलेको थियो।

एमसिसीबारे सहमति जुटाउन बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो। बैठकमा गठबन्धनका शीर्ष नेताहरूले आफ्ना अडान यथावत् राखेका थिए।

छलफलपछि देउवा कुनै प्रतिक्रिया नदिई बाहिरिएका थिए। ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले मिडियाले दिने केही कुरा नभएको बताए।


 

सुझावित समाचार