नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरस्थित व्यवस्थापिका संसद् परिसर घेराउ गरेका छन् । यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कमद हुने भन्दै दुई संगठनले दबाब दिन संसद् भवन घेराउ गर्दे प्रदर्शन गरेको हो ।
उनीहरूले एमसिसी चाँहिदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती कमद खारेज गर, रिजेक्ट एमसिसीलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । अहिले संसद् भवन परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । संसद् भवनबाहिर देखिएका केही दृश्य :








