इलाका प्रहरी बेलबारीले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका– ५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ घरनजिकै रहेको बाँसघारीमा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार आरोपी चौधरीलाई स्थानीय र अभिभावकको सूचनाका आधारमा बुधबार साँझ नै पक्राउ गरेर अनुसन्धान थालिएको छ। बालिकालाई उपचार र लिगल परीक्षणका लागि बिपी प्रतिष्ठान धरान पठाइएको छ ।