कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफलका लागि शुक्रबार भर्चुअल बैठक बोलाएका हुन्।
कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौरका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार ३ बजे भर्चुअल माध्ययमबाट बैठक बोलाएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘भोलिका लागि सभापतिले कार्यसमितिको बैठक बोलाउनुभएको हो ।’