नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को पात्रो तयार पारेको जनाएको छ। चाडपर्वसहितको विवरण समेटिएका १४ वटा पात्रोलाई समितिले स्वीकृति दिएको छ। उक्त पात्रो माघ १५ देखि बजारमा ल्याइने समितिले जनाएको छ। पात्रो तयार पार्नका लागि समितिले तिथिमितिसहितको विवरणसमेत उपलब्ध गराएको छ।
आगामी वर्षको नयाँ पात्रोमा दसैँको टीका असोज १९ गते र भाइटीका कात्तिक १० गते परेको छ। आगामी वर्षका लागि ५६ वटा विवाहको लगन र ११ वटा व्रतबन्धको लगन जुरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार पात्रो तयार पार्दा सबै क्षेत्रका व्यक्तिलाई राखेर निर्णय गरिएको थियो।