यी हुन् खुलातर्फ निर्वाचित कांग्रेसका ३५ केन्द्रीय सदस्य

आइतबार, ४ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन्। शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन्। एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसीलगायत निर्वाचित भएका छन्। 

यस्तै, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल पनि निर्वाचित भएका छन्। 

राजीव ढुंगाना, सञ्जय गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य पनि निर्वाचित भएका छन्। खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा थिए।



सुझावित समाचार