नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित प्रदीप पौडेलले आज शुक्रबार महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्ने भएका छन्। महाधिवेशनमा सहयोग गर्ने प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न दिउँदो २ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा चियापन कार्यक्रम गर्न लागेका हुन्।
‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सक्रिय रूपमा सहभागी भएर महाधिवेशनलाई सफल बनाउन र मलाई प्रत्यक्ष र परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्दै भोलि शुक्रबार दिनको २ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा चियापानका लागि सम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु,’ पौडेलले फेसबुकमा लेखेका छन्।