सभापतिको उम्मेदवारीबाट न्यौपानेको नाम फिर्ता, शेखरलाई समर्थन गर्ने

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले विशेष परिस्थितिलाई हेरेर आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापतिमा पाँचजनाले प्रतिस्पर्धा गर्नेछन्।

अब शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्येबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ। उम्मेदवारी फिर्ता लिएका न्यौपानेले कोइरालालाई समर्थन गर्ने घोषणा गरेका छन्। कोइरालाको टिम गतिशील भएकाले उम्मेदवारी फिर्ता गरेको उल्लेख गर्दै उनले कुनै पदमा बार्गेनिङ नगरेको स्पष्ट पारे।

'नेतृत्व परिवर्तनको एजेन्डामा मैले उम्मेदवारी दिएको थिएँ। उम्मेदवारी विशेष समय विशेष परिस्थितिलाई हेरेर फिर्ता लिएको छु। नेतृत्व परिवर्तनको मेरो एजेन्डालाई पूरा गर्ने गरी  शेखर कोइरालालाई समर्थन गरेको छु। उहाँको टिम गतिशील छ,' न्यौपानेले भने,  'सांगठनिक सुधारका २८ एजेन्डासहित मैले उम्मेदवारी घोषणा गरेको थिएँ। मैले विनासर्त उहाँलाई समर्थन गरेको हुँ कुनै पदमा बार्गेनिङ गरेको छैन।'

सुझावित समाचार