सहमतिमा उम्मेदवार छान्न पौडेल पक्षलाई दबाब, ३ बजे चाक्सीबारीमा पुन: बैठक

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण
सहमतिमा उम्मेदवार छान्न पौडेल पक्षलाई दबाब, ३ बजे चाक्सीबारीमा पुन: बैठक

वुधबार बसेको पौडेल पक्षको भेला। तस्बिर : संजित परियार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकमा नेताहरूले साझा उम्मेदवार छान्न दबाब दिएका छन्। गौशालास्थित अनुपम फुडल्यान्डमा भएको भेलामा जिल्ला सभापति ,निवर्तमान जिल्ला सभापति ,प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी भएका थिए। 

भेलाले ठोस निष्कर्ष निकाल्न सकेको छैन। सहमतिको प्रयासका लागि आकांक्षी नेताहरू र केन्द्रीय सदस्यहरू ३ बजे प्रकाशमान सिंहनिवास चाक्सीबारीमा पुन: बैठक बस्ने कांग्रेस नेता सञ्जय गौतमले बताए। ‘छलफल गरेर साझा उम्मेदवार तय गर्न नेताहरूलाई भनेका छौं’, उनले भने, ‘मत विभाजन गरेर हाेइन छलफल गरेर यसको तय हुनुपर्छ।’

१४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन नेताहरू यतिवेला दबाबमा छन्। संस्थापनइतरबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका छन्। 

सुझावित समाचार