कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो। विदेशबाट आएका एकजना र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा भेरियन्ट पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।
हेर्नुहाेस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीसँगकाे कुराकानी :