शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कंगो प्रस्थान

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण
शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कंगो प्रस्थान

फाइल फोटो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कंगोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फस्ट राइफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो। प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९  शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले ६ दशकदेखि राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पु–याउँदै आएको छ। कोभिड–१९ संक्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदलीबदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ। रासस

सुझावित समाचार