आन्दोलनरत कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरूले गृहमन्त्री खाणसमेतको राजीनामा माग गरेका हुन्।
आफूहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने गरी गृहमन्त्रीले दंगासहितका प्रहरी परिचालन गरेको उनीहरूको आरोप छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि कानुन व्यवसायीहरू आक्रोशित बनेका हुन्। यसअघि प्रदर्शनका क्रममा धकेलाधकेल हुँदा आधा दर्जन कानुन व्यवसायी घाइते भएका छन्। घाइतेमध्ये बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको अवस्था गम्भीर छ। पछिल्लो समयमा नियमित रूपमा सर्वोच्च अदालत र नेपाल बार एसोसिएसन परिसरमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेलसम्मका कार्य हुँदै आएका छन्।
बारका उपाध्यक्ष ईश्वरी भट्टराईले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका थिए। उनीसँगै प्रदर्शनमा सहभागी अन्य वकिलहरूले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
कानुन व्यवसायीहरूद्वारा गृहमन्त्री खाणको राजीनामा माग
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
४ हप्ता अघि
सुझावित समाचार
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…