साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से ५९.५७ अंकले घटेर दुई हजार ६९०.२९ अंकमा झरेको छ। आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत १०.६३ अंकले घटेर ५०२.१९ कायम भएर कारोबार बन्द भएको छ।

आज २२५ कम्पनीका ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिद बिक्री हुँदा पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटै उपसमूहको सेयर मूल्य ओरालो लागेको छ। यसदिन बैंकिङ २९.०८, व्यापार ५९.२३, होटेल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत् ७०.४५, वित्त १०९.२६, निर्जीवन बिमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, लघुवित्त ११४.१६, जीवन बिमा ३१६.४, सामूहिक लगानी कोष ०.०७ र लगानी उपसमूह २.८१ अंकले घटेको छ।

आज मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सर्किट लेबलमा कारोबार हुँदा आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंक ९.९९ तथा शिवश्री हाइड्रोपावर ७.३९ प्रतिशतले गिरावट भए।

४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँबराबरको कारोबार भएर महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ। यसैगरी, नबिल बैंकको ३१ करोड आठ लाख ५७ हजार ४१६ रुपैयाँ, आइसिएफसी फाइनान्सको २९ करोड २२ लाख ६५ हजार रुपैयाँ तथा अपी पावर कम्पनीको १४ करोड ७३ लाख ३८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

See More On

सुझावित समाचार