प्रधानन्यायाधीशले दोहोर्‍याए राजीनामा नदिने अडान

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू राजीनामा नदिने अडानमा कायम रहेको दोहोर्याएका छन् । नेपाल बारको आन्दोलनविरुद्ध आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरूको समूहसँगको भेटमा प्रधानन्यायाधीशले संविधानअनुसार अगाडि बढ्ने बताएका हुन् ।

कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहेका अधिवक्ता शिव अर्यालले प्रधानन्यायाधीशले अब नियमितझैँ सबै पेसी तोकिने र मुद्दा छिन्ने बताएको जानकारी दिए । आफूलाई संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी पदअनुसार जिम्मेवारी वहन गर्ने र कुनै पनि हालतमा जिम्मेवारीबाट नपन्छिने धारणा आएको अर्यालले बताए ।

सुझावित समाचार