अवरुद्ध सडक सुचारु गर्दै डडेल्धुराका स्थानीय तह

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

वर्षाका कारण अवरुद्ध सडक सुरु गर्न डडेल्धुराका स्थानीय तहले डोजर लगाइरहेका छन्। आइतबार बेलुकीदेखि मंगलबारसम्म भएको भारी वर्षाका कारण गन्यापधुरा, अजयमेरू, नवदुर्गा, भागेश्वर, आलिताल गाउँपालिका र अमरगढी नगरपालिका तथा परशुराम नगरपालिकाका सबै ग्रामीण सडक बाढीपहिरोका कारण अवरुद्ध बनेका थिए । अवरुद्ध सडक सुरु गर्न  डोजरले काम सुरु गरेको  गन्यापधुरा गाउँपालिकाले जनाएको छ ।

पालिकाका रुवाखोला–रेल सडक, धन्ढुङ्गा–बडाल सडक, जनंगलस्पा–कैलपालमाण्डौ, कोराल–मोई–रेल सडकमा एकै साथ चारवटा डोजर प्रयोग गरी सडक सुचारु गर्न काम थालिएको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए । यस्तै अजयमेरू गाउँपालिका, उग्रतारा-मेलौली सडक, भल्कुडा-चिपुर सडक, ढिमौला-भद्रपुर सडक सुचारु गरिएको अजयमेरू गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट बताए । नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले पनि  अवरुद्ध सडक सुचारु गरिरहेको जनाएको छ ।

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका पोखरा-तिलाडी सडक, डकले-सल्लघारी सडक, घटाल-चिरकिट्टे सडकलगायत दर्जनौँ सडक अवरुद्ध रहेका छन् । चार जिल्ला जोड्ने डा. केआइसिहं राजमार्गको गन्यापधुरा गाउँपालिकामा पर्ने रडुवा सकायल सडकखण्डमा चारवटा एक्स्काभेटर प्रयोग गरी सडक मर्मत गर्न पहल गरिएको छ भने बाढीपहिरोका कारण स्थानीयमा पर्न गएको असुविधालाई छिट्टै सहजता ल्याउने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए  ।

सुझावित समाचार