दसैँलाई लक्षित गर्दै नेपाली सेनाद्वारा यातायात सुविधा प्रदान

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

दसैँ बिदामा घर जाने नेपाली सेना तथा तिनका आश्रित परिवारहरूलाई सेनाले नि:शुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले कल्याणकारी सेवा–सुविधाअन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यसहित असोज १८ गतेदेखि ३० गतेसम्म यातायात सञ्चालन सुरु गरेको हो। 

सेनाले सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरूमा बस र सडक सञ्जालको सुविधा नभएको ठाउँमा हवाई उडानमार्फत भए पनि अलपत्र वा अप्ठ्यारोमा परेकोलाई गन्तव्यसम्म पुर्याउने जनाएको छ। सेनाले  पाँच सय २० जनालाई गन्तव्यमा पठाइसकेको छ।
 

See More On

सुझावित समाचार