४०० ले घट्यो सुनको मूल्य

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. चार सयले घटेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु. ९० हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंङले सार्वजनिक गरेको तथ्यांकअनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार नाै सय तोकिएको छ। त्यस्तै, तेजाबी सुन आज प्रतितोला रु. ८९ हजार चार सय ५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु. ८९ हजार आठ सय ५० मा कारोबार भएको थियो।     
     
महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ। यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो। मंगलबार प्रतितोला रु. एक हजार एक सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ।     
 

सुझावित समाचार