‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

शोभित बस्नेतले निर्देशन गरेका चलचित्र ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक गरिएको छ। नवराज गिरीको कथामा बनेको चलचित्रको पटकथा रामकाजी घिमिरेले तयार गरेका हुन्।

नवराज गिरीकै लगानीमा बनेको चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन्। चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगायतका कलाकारले अभिनय गरेका छन्। 

चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

सुझावित समाचार