कर्रा खोलामा ट्रकसहित दुई बगे

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– १७ स्थित कर्रा खोलामा आज आएको भेलले एक ट्रकसहित दुईजनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शिवम् सिमेन्ट उद्याेगबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख १४४० नम्बरको ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अर्का ४२ वर्षीय गणेश थापामगरलाई बगाएको हो ।

खोलामा आएको भेलले बगाएकाे उक्त ट्रक र हराएका व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  रासस

सुझावित समाचार