बलात्कार आरोपमा एक पक्राउ

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण

मकवानपुरको हेटौँडाकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नयाँ वर्षका दिन किशोरीमाथि बलात्कार गरेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका– २३ बस्ने २१ वर्षीय विशाल पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालका अनुसार हेटौँडा– ६ पुतलीबजारनजिकै खहरे खोलामा किशोरीमाथि बलात्कार गरिएको सूचना प्राप्त हुनासाथ पासवानलाई नियन्त्रणमा लिइएको हो । सुरुमा सामूहिक बलात्कार भएको सूचना प्राप्त भए पनि अनुसन्धानका क्रममा त्यस्तो नपाइएको डिएसपी रिमालले बताए ।

पासवान र किशोरीबीच प्रेम–सम्बन्ध रहेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रेम–सम्बन्ध भएका कारण नयाँ वर्षका दिन भेटघाट हुँदा किशोरी बलात्कारको सिकार बन्न पुगेको प्रहरीको दाबी छ । किशोरीको स्वास्थ्यस्थिति सामान्य रहेको रिमालले जानकारी दिए ।

सुझावित समाचार