नेकपाबाट निर्वाचित जनप्रतिनिधिको पद अब के हुन्छ ?

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट निर्वाचन जनप्रतिनिधिको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एकीकरणपछि निर्वाचित संघीय संसद् र प्रदेश सभा सांसदको पदबारे प्रश्न उठेको हो । 

१४ मंसिर ०७६ मा कास्की– २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित विद्या भट्टराई र लुम्बिनी प्रदेश सभामा दाङ ३ (२) बाट निर्वाचित प्रदेश सभा सांसद विमलाकुमारी खत्रीको पदमाथि प्रश्न उठेको छ । साबिक एमालेतर्फका उनीहरू नेकपा र सूर्य चिह्नबाट निर्वाचित भएका थिए । भट्टराई तत्कालीन पयर्टनमन्त्री स्व.  रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

राष्ट्रिय सभामा पनि नेकपाबाट जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरूको पद के हुने भन्ने पनि प्रश्न उठेको छ ।

सुझावित समाचार