लमजुङमा लागुऔषधसहित एक युवक पक्राउ

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक कुन्चोक– ९ घर भई हाल सुन्दरबजार नगरपालिका– ९ बस्ने बर्ष ३४ का मीनबहादुर बानियाँलाई  पक्राउ गरेको हो ।  

उनको साथबाट प्रहरीले फेनारागन एम्पुल ११ थान, नोफिन ११ थान, सेरेज्याक ११ थान  बरामद गरेको छ । पक्राउ परेका बानियाँलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी  लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

सुझावित समाचार