प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरूलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने भएको छ । क्यापिटलले नियमित कार्यालय समयबाहेक बिहान र साँझको अतिरिक्त समयमा पनि डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी विभिन्न सेवा दिने भएको हो ।
बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म ‘एट टू एट सेवा’ नाम दिएर डिम्याट खाता खोल्ने, मेरो सेयर खाता खोल्ने, डिम्याट र मेरो सेयर खाता नवीकरण गर्ने, मेरो सेयरको पासवर्ड रिसेट गर्ने सेवा दिने जनाएको छ ।
त्यस्तै, भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने, बैंक खातालगायत डिम्याटका विवरणहरू अद्यावधिक गर्ने, राफसाफका लागि डिआइएस लिने र सेयर रोक्का राख्ने कार्य पनि एट टू एट सेवामा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो सेवा सार्वजनिक बिदा र शनिबारको दिनबाहेक सधैँ उपलब्ध हुने जनाइएको छ ।