आमहडतालविरुद्ध महेश बस्नेतको नेतृत्वमा युवाको प्रदर्शन

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले बिहीबार आयोजना गरेको आमहडतालविरुद्ध प्रधानमन्त्री केपी ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा युवा–विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बस्नेतको नेतृत्वमा ओली समूहका युवा–विद्यार्थीहरूले कमलादीबाट पुतलीसडक हुँदै प्रदर्शनीमार्गसम्म प्रदर्शन गरेका हुन् । स्वयंसेवकको टोपी लगाएका युवाहरूको समूहले बन्द–हडताल मुर्दावाद, केपी ओली जिन्दावाद, २३ माघको जनप्रदर्शन सफल पारौँ जस्ता नारा लगाएका थिए ।

बस्नेतको नेतृत्वको जुलुस रत्नपार्कतिर मोडिँदा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरूसँग झडप हुने सम्भावना देखिएकाले सडकको दायाँ–बायाँ सुरक्षाकर्मी परिचालित भएका थिए । उनीहरूले सडक आसपासमा पसलहरूसमेत खुलाएका थिए ।

See More On

सुझावित समाचार