संविधानविपरीत अध्यादेश ल्याएर गरेका संवैधानिक नियुक्तिहरू आपत्तिजनक : वरिष्ठ नेता पौडेल

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संविधानविपरीत अध्यादेश ल्याएर गरेको संवैधानिक नियुक्तिप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै संवैधानिक नियुक्तिको विरोध गरेका हुन् । 

‘ओली सरकारले संविधानविपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरू घोर आपत्तिजनक मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छन्,’ पौडेलले ट्विट गर्दै भनेका छन्, ‘यस्ता असंवैधानिक नियुक्तिका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टीपंक्ति, बुद्धिजीवी र आमनागरिकमा अपिल गर्दछु ।’

सुझावित समाचार