संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आयो : डा. कोइराला

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइरालाले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसले गरेको कार्यकर्ता भेटभाटमा कोइरालाले यतिवेला कांग्रेस एकजुट भएर संविधानको रक्षाका निम्ति लागिपर्नुपर्ने आवश्यकता रहेको बताए । 

‘पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न म सबै कार्यकर्तालाई आग्रह गर्दछु,’ उनले भने । जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरूबाट च्यातिन सक्ने खतरा रहेको उनको भनाइ छ । 

कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म कांग्रेसले सडक–संघर्ष जारी राख्ने बताएका छन् ।

सुझावित समाचार