पत्रकार उमा सिंहको स्मृतिमा पाँच लाखको अक्षय कोष स्थापना

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

जनकपुरधामकी पत्रकार उमा सिंहको १२औँ स्मृति दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले पाँच  लाखको अक्षय कोष स्थापना गरेको छ ।

आज सोमबार बिहान उपमहानगरपालिकामा पत्रकार उमा सिंहको स्मृति दिवससमेत मनाइएको छ । पत्रकार सिंहप्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएकोप्रति दुःख व्यक्त गरेका थिए । 

उनले पत्रकार सिंहको बीभत्स हत्या हुनु जनकपुरधामका लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । उनले भने, ‘बोल्नमा निडर, भयरहित पत्रकारको रूपमा चिनिएकी पत्रकार सिंहको बीभत्स हत्या दुर्भाग्यपूर्ण हो । समाजले धेरै ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।’

उनले पत्रकारहरूका लागि गत वर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत रूपमा सञ्चालनमा आएको बताए । जसबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरूलाई पुरस्कृत हुनेछन् । 

सुझावित समाचार