ओलीको दाबी- ६-६ महिनामा प्रधानमन्त्री फेरिने अस्थिरतातर्फ देश गयो, भारी मनले यो कदम चालेँ

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले ६–६ महिनामा प्रधानमन्त्री फेरिने अस्थिरतातर्फ देश गएकोले भारी मनका साथ स्थिरताका लागि प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् ।

उनले राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘बिलकुल देशको राजनीतिलाई हेरेर, परिस्थितिको जोडघटाउ गरेर, देशलाई स्थिर बनाउन यो कदम उठाइएको हो । देशकाे राजनीतिले फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने खालको अस्थिरतातर्फ धकेल्यो । काम हुन नपाउने, जोडघटाउ, मोलतोल, लेनदेनमै सरकारको समय बित्ने, संसद्लाई प्रभावकारी ढंगले काम गर्न नदिने । कतिपय विधेयकहरू अड्काइदिने, सरकारले संसद्समक्ष प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि नगरिदिने, र यो प्रणाली बेठीक भो भन्ने निष्कर्ष निकाल्न खोज्ने ।’ 

सुझावित समाचार