नेकपा दुवै समूहको समानान्तर भेला चल्दै : आफैँमाथि कारबाही गरिएको बैठक चलेको बैंक्वेटमा प्रधानमन्त्री

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका दुवै समूहले काठमाडौंमा आ–आफ्नो समूहको समानान्तर बैठक गरिरहेका छन् । 

ओली समूहको सुदूरपश्चिमका अगुवा कार्यकर्ताको भेला अहिले बबरमहलस्थित कार्की बैंक्वेटमा चलिरहेको छ जहाँ प्रधानमन्त्री केपी ओली सहभागी छन् । उनले यस भेलालाई सम्बोधन गर्नेछन् ।

यही बैंक्वेटमा केही दिनअघि भएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीमाथि कारबाही गर्ने निर्णय गरेको थियो । 

त्यसैगरी पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहले महिला संघको बागमतीस्तरीय भेला गरिरहेको छ । जहाँ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् । 

उनले प्रधानमन्त्री स्वेच्छाचारी भएर एकलौटी ढंगले अघि बढेकाले यस्तो अवस्था आएको बताए । 

उनले संसद् विघटन गर्न नसक्ने अवस्थामा गैरसंवैधानिक तरिकाले विघटन गरिएको आरोप पनि प्रधानमन्त्रीमाथि लगाए । 

सुझावित समाचार