प्रतिनिधिसभा विघटनको शंख फुकेर विरोध (भिडियोसहित)

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

नागरिक समाजका अगुवाहरूले प्रतिनिधिसभा विघटनको शंख फुकेर विरोध जनाएका छन् । बृहत् नागरिक आन्दोलनको नाममा उनीहरूले विरोध जनाएका हुन् । 

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद् विघटनको विरोध गरेका हुन् । 

नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नुपरेको बृहत् नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन् । सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद् विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरूको भनाइ छ ।

सुझावित समाचार