संसद् विघटन गर्ने सिफारिस फिर्ता हुनुपर्छ : पाैडेल

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद् विघटन गर्न गरेको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् ।

उनले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्दै सरकारले लिएको यस्तो गैरलोकतान्त्रिक कदमको घोर भर्त्सना गरेका छन् ।

‘मन्त्रिपरिषदबाट संसद् विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ, यो संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ, र राष्ट्रहितविपरीत छ । अहिलेको संविधानअनुरूप विघटन गर्न मिल्ने प्रावधान छैन, र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन,’ नेता पौडेलले ट्विट गर्दै लेखेका छन्, ‘यो फिर्ता गर्नुपर्दछ ।’

सुझावित समाचार