ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले ६ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराइन नगरपालिकाको फूलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिका, बाग्लुङको बाडिगड गाउँपालिकाको सिमालचौर र पाँचथरको याङबरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकले तेह्रथुमको फेदाप गाउँपालिकाको ओयाकजुङमा श्रीमती चन्द्रकला ढकाल, धनुषाको नगराइन नगरपालिकाको फूलगामामा राजकुमार शाह, दैलेखको दुल्लु नगरपालिकाको दुल्लु बजारमा दामोदर उपाध्याय, दैलेखकै भैरवी गाउँपालिकाको दादिमाडी बजारमा बखतबहादुर शाही, बाग्लुङको बाडिगड गाउँपालिकाको सिमालचौरमा होमनाथ खराल र पाँचथरको याङबरक गाउँपालिकाको गणेशचोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको जनाएको छ ।

थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ३८ पुगेको जनाइएको छ । 

सुझावित समाचार