काठमाडौं/ सन् २०२६ को १० महिनामा दुई लाख ८५ हजार ६ सय १६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार दुई सय ७५ जनाले मुस्ताङको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार एक सय ४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को १० महिनामा ७७.६२ प्रतिशतले पर्यटकको संख्या वृद्धि भएको हो ।
एक्याप कार्यालयका प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार चार सय ७५ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको जानकारी दिए । एक्याप जोमसोमको पर्यटक तथ्यांकअनुसार सन् २०२६ को १० महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।
गुप्ताका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार एक सय ४६ जना विदेशी पर्यटक वृद्धि भएको हो । यसैगरी, सन् २०२५ मा २३ हजार ६ सय चारजना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिँदा सन् २०२६ को दुई महिना बाँकी रहँदा चार हजार ६ सय ७१ जना विदेशी विदेशी पर्यटक कम भित्रिएका हुन् । जुन अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन् ।