राष्ट्रिय वाणिज्य बैंक र बेलबारीबीच सहुलियतपूर्ण कर्जा सम्झौता

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङको बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई ब्याज अनुदान दिने जनाइएको छ ।

एकीकृत कार्यविधि, २०७५ (संशोधनसमेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिमप्राप्त उद्यमीहरूको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने जनाइएको छ ।

नगरपालिकाले सिफारिस गरेका उद्यमीलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम ५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने बैंकले जनाएको छ । 

सुझावित समाचार