झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ ।
झापाकाे अर्जुनधारानिवासी ती वृद्धा आइतबारदेखि बेपत्ता थिइन् । मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो ।
चारआलीस्थिति जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उन शव फेला परेको प्रहरीले जनाएको छ ।
३५ वर्षीय विशाल बिर्जा नाम गरेका व्यक्तिले वृद्धाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार बिर्जा आफैँ आज बिहान ६ बजेतिर शव भेटिएको खबर गर्न चारआलीस्थित प्रहरीचौकी पुगेका थिए ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा बिर्जाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
प्रहरी निरीक्षक राईका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ । वृद्धाको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुरमा लैजाने तयारी भइरहेको छ ।