सकियो सर्वदलीय बैठक : राजनीतिक प्रणाली उल्टाउन खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आग्रह

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ ।

प्रधानमन्त्रीनिवास वालुवाटारमा मंगलबार तीन घन्टा चलेको बैठकमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा र अहिले देखा परेको सडक प्रदर्शनका बारेमा छलफल केन्द्रित भएको थियो । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए । त्यसपछि अन्य दलका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । 

सुझावित समाचार