मापसे कारबाहीमा पर्ने चालकलाई अब भर्चुअल सचेतना कक्षा

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूले अब घरमै बसेर ट्राफिक प्रहरीको सचेतना कक्षा लिने पाउने भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्चुअल सचेतना कक्षा सुरु गर्न लागेको हो । कोरोना भाइरस संक्रमण जोखिमका कारण भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको महाशाखाले जनाएको छ । 

लकडाउन सुरु भएयता महाशाखाले सचेतना कक्षा लिएको छैन । 

दिनमा तीनपटक भर्चुअल रूपमा सचेतना कक्षा सञ्चालन गरिने महाशाखाले जनाएको छ । ट्राफिक डट नेपालपुलिस डट जिओभी डट एनपीमा गई अनलाइन क्लासमा क्लिक गरेर यस्तो कक्षा लिन सकिने महाशाखाले जनाएको छ ।

सुझावित समाचार