सापकोटाले जिते बर्जर कलर स्प्ल्यासको ५ लाख

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

बर्जर पेन्ट्सको उत्पादक बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल)ले सञ्चालन गरेको बर्जर कलर स्प्ल्यास योजनाको बम्पर पुरस्कार विराटनगरका जयनाथ सापकोटाले जितेका छन् । कम्पनीले सञ्चालन गरेको योजनामा सहभागी ६ हजारभन्दा बढी ग्राहकमध्येबाट सापकोटाले बम्पर पुरस्कार जितेका हुन् । 

योजनामा सहभागी हुनेमध्ये पहिलो पुरस्कारका रूपमा बिर्तामोडका पूर्णमान गुरुङ र काठमाडौंका रमेश श्रेष्ठले लन्डन भ्रमण गर्न पाउने कम्पनीले जनाएको छ । लक्की ड्रबाट २५ जना विजेताले दोस्रो पुरस्कारअन्तर्गत ३२ इन्चको सामसङ टिभी, ५० जना विजेताले तेस्रो पुरस्कारअन्तर्गत आन्तरिक ट्रिप र सयजना विजेताले सान्त्वना पुरस्कारमा सामसङ एम२० पुरस्कार प्राप्त गरेको जनाइएको छ । 

योजनाअन्तर्गतकै डिजिटल प्रतियोगिताका विजेताहरूमध्ये दुर्गा लामिछाने र सुरेश लामिछानेले बाहिरी समूहका लागि र मनोज सिटौला र चानु खड्का भण्डारीले भित्री समूहका लागि प्रथम पुरस्कारबापत प्रत्येकले १ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् ।

दोस्रो पुरस्कार विजेताहरू यमबहादुर बस्नेत र सरला अधिकारीले बाहिरी समूहका लागि तथा राजु लामा र हेमप्रसाद ढकाल प्रत्येकले ५० हजार रुपैयाँका दरले नगद पुरस्कार जितेको कम्पनीले जनाएको छ । तेस्रो पुरस्कारअन्तर्गत बाहिरी समूहमा वसन्तकुमार बस्नेत र लीला खड्का तथा भित्री समूहमा घदेन्द्र राई र धनबहादुर बस्नेत प्रत्येकले २५ हजार रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् । सान्त्वना पुरस्कारमा २० जना घरधनी प्रत्येकले १० हजार रुपैयाँ प्राप्त गरेको जनाइएको छ ।  

कम्पनीका अनुसार योजनामा पब्लिक च्वाइस अवार्डको विजेताका रूपमा बिर्तामोडका प्रदीप राईले सामसङ ए३० पुरस्कार जितेका छन् । योजनामा कुल १ सय ७८ जनाले विभिन्न अवार्ड जितेको कम्पनीले जनाएको छ । योजना ०७६ सालको दसैँ र तिहारलाई लक्षित गरेर भदौदेखि ०७६ पुससम्म सञ्चालन गरिएको थियो । 

सुझावित समाचार