अधिकारसम्पन्न बागमती समितिको अध्यक्षमा तिमल्सिना नियुक्त

बिहिबार, ४ मंसिर, २०७७
डिजिटल संस्करण

सरकारले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा उद्धवप्रसाद तिमल्सिनालाई नियुक्त गरेको छ । 

नेपाल सरकारको सहसचिवबाट अवकाशप्राप्त तिमल्सिनालाई गत साता बसेको मन्त्रिपरिषद् बैठकले समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । 

तिमल्सिनाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकबाट अवकाश लिएका थिए ।

जर्मनी, फिलिपिन्स, हंगेरीलगायतका मुलुकबाट योजना तुर्जमा विषयमा अनुभव हासिल गरेका तिमल्सिना अबको चार वर्ष समितिको नेतृत्वमा रहनेछन् ।

सुझावित समाचार