सुबिसु केबल नेटले क्लियर टिभीमार्फत लक्ष्मी फिल्मको प्रिमियर गर्ने भएको छ ।
उक्त साे १६ नोबेम्बरमा हुने सुबिसुले जनाएको छ ।
क्लियर टिभीले च्यानल नं. १११ (एचडी) र ११२ (एसडी) मा मुभी अन डिमान्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर साे गर्ने जनाएको छ ।
यस च्यानलमार्फत ग्राहकले सो फिल्म आफ्नै घरमा बसेर हेर्न सक्ने जनाइएको छ ।
कोरोना महामारीपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको सुबिसुले जनाएको छ ।