माछापुच्छ्रे बैंक लिमिटेड र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ । रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले रेमिट्यान्स सम्झौता गरिएको हो ।
सम्झौताअनुसार भारतमा रहेका नेपालीले त्यहाँको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रूपमा पैसा पठाउन सक्ने जनाइएको छ ।
यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १ सय ५९ शाखा तथा १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत प्रापकले सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ । यसरी नेपालमा पैसा पठाउँदा कम सेवाशुल्क लाग्ने बैंकले जनाएको छ ।