आचार्य सही छन्

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

भाद्र २८ गते ‘धर्म, बिपी र कांगे्रस’ शीर्षकमा पुरञ्जन आचार्यको लेख समय–सान्दर्भिक र विचार प्रधान लाग्यो । लेखले बिपीको धर्मप्रतिको बुझाइ र महत्वबारे दर्साउँदै आजका दिनमा कांग्रेसले कस्तो बाटो अंगिकार गर्नुपर्छ भनेर स्पष्ट रूपमा पार्टीलाई मार्गनिर्देशन गरेको छ ।

२१औँ शताब्दीको लोकतान्त्रिक शासन व्यवस्थामा धर्मका विषयमा राज्यले र राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक दलहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भनेर लेखमा निकै गहन विचार सम्प्रेषित गरिएको छ । तर, यति नै वेला कांग्रेसमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने विचारले पनि प्रश्रय पाउन थालेकोप्रति आचार्यले चिन्ता व्यक्त गरेका छन् । आचार्यले आगामी दिनमा पनि यस्ता महत्वपूर्ण लेख सम्प्रेषित गरिराखून् ।

कोल्वी नगरपालिका, बारा, हाल : काठमाडौं 
 

See More On

सुझावित समाचार