काठमाडौं महानगरपालिकामा अनलाइनबाट राजस्व तिर्न मिल्ने

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलनको कार्य सुरुवात गरेको छ । 

महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सुचारु गरेको हो । महानगरपालिकाको सातौँ नगरसभाको निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए । 

सेवाग्राहीले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए । 

वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरिका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । 

कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए । 

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिनेछ । 

यसबाट कुन क्षेत्रमा के–कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक पनि आउने भएकाले काम गर्न सहज हुने महानगरपालिकाले जनाएको छ ।

सुझावित समाचार