काठमाडौं/ २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन्।
बाइनान्स आइडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ युएसडिटी (दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँ)बराबरको कारोबार गरेको आरोपमा प्रहरीले धनुषाको सबैला नगरपालिका– १२ का सुनीलकुमार यादवलाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो। काठमाडाैं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।