उदयपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर/ बस दुर्घटना हुँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बस अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार प्रदेश १–००६ ख ८५२२ नम्बरको बस दुर्घटना हुँदा चौदण्डीगढी नगरपालिका बसाहानिवासी १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बस्यालको उपचारका क्रममा मृत्यु भएको हो।

बसमा ३५ जना सवार रहेकोमा १४ जना घाइते भएका छन् । त्यसमध्ये एक गम्भीर घाइतेलाई थप उपचारका लागि बिपी अस्पताल धरान पठाइएको छ। बाँकी १३ घाइतेहरूको उपचार जिल्ला अस्पतालमा जारी छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सुझावित समाचार